arrow

बाइडेनले बोलाएको कोरोना सम्मेलनमा मोदीले भने- भारत चाँडै अन्य देशहरूमा खोप आपूर्ति गर्न सक्षम हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
modis.JPG

आइएनएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप प्रमाणीकरणमा आपसी मान्यताबाट अन्तर्राष्ट्रिय यात्रा सहज बनाउनुपर्ने बताएका छन्। यसो गर्न सकेमा कोभिड १९ महामारीले प्रस्तुत गरेको चुनौतीको सम्बोधन गर्न सहज हुन सक्ने प्रधानमन्त्री मोदीको भनाइ थियो। अमेरिकी राष्ट्रपति जो बाडेनले बोलाएको विश्वव्यापी कोभिड १९ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । 

कोभिड -१९ महामारी एक अभूतपूर्व अवरोध भएको र यो महामारी अझै समाप्त भई नसकेको उनले बताए। विश्वका अधिकांश व्यक्ति ले अझै पनि खोप नलगाएको उनले जिकिर गरे। कार्यक्रममा बोल्दै उनले महामारीको अन्त्य गर्न भारत विश्वसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री मोदीले भारत चाँडै अन्य देशहरूमा खोप आपूर्ति सुचारु गर्न सक्षम हुने बताए। भारत हाल नयाँ भारतीय खोपहरूको विकास गर्न लागिपरेको छ यसका साथै भारतले विद्यमान खोपको उत्पादन क्षमता पनि बढाएको उनले बताए।

प्रधानमन्त्री मोदीले भने, "हाम्रो उत्पादन बढ्ने बित्तिकै, हामी अरूलाई पनि खोप आपूर्ति सुचारु गर्न सक्षम हुनेछौँ। यसको लागी, कच्चा पदार्थको आपूर्ति शृङ्खला सहज बनाउनु पर्छ। हिन्द प्रशान्त क्षेत्रमा प्रशस्त खोप आपूर्ति गर्नका निम्ति भारत क्वाड साझेदारहरू सँग सहकार्य गरिरहेको छ।"

भारत र दक्षिण अफ्रिकाले कोभिड खोप, निदान र औषधिको लागी डब्ल्यूटीओ मा ट्रिप्स छुट को प्रस्ताव राखेको पनि उनले औँल्याए। "यसले महामारी विरुद्धको लडाई अझ बढी सक्षम हुनेछ।" भारतीय प्रधानमन्त्रीले भने। 'भारतले विश्वको सबैभन्दा ठुलो खोप अभियान सञ्चालन गरिरहेको छ ।'

प्रधानमन्त्री मोदीले भारतले विश्वको सबैभन्दा ठुलो खोप अभियान सञ्चालन गरिरहेको बताए। "भर्खरै, हामीले एकै दिनमा करिब साढे २ करोड मानिसलाई खोप लगाएका थियौँ। हाम्रो तल्लो तहको स्वास्थ्य सेवा प्रणालीले अहिले सम्म ८० करोड भन्दा धेरैलाई खोप लगाएको छ।"

२० करोड भन्दा बढी भारतीय नागरिकले पूर्ण रूपमा खोप लगाएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले यो सबै उपलब्धि कोविन डिजिटल मञ्चको माध्यमबाट हासिल भएको बताए।

साझेदारी अभिवृद्धि गर्न भारतले कोविन लगायत अन्य डिजिटल समाधानहरू लाई खुला स्रोत सफ्टवेयर को रूप मा स्वतन्त्र रूपमा उपलब्ध गराएको उनले बताए।

यस वर्षको सुरुवात मा भारत महामारीको दोस्रो लहर बाट गुज्रिदा भारतलाई प्रदान गरिएको एकता र समर्थनका लागि प्रधानमन्त्री मोदीले सबैलाई धन्यवाद दिए। यसका साथै उनले भारतले १ सय ५० भन्दा बढी देशहरू सँग औषधि र चिकित्सा आपूर्ति साझा गरेको पनि औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ