arrow

पोखरा खुलै छ भन्ने सन्देश दिन ‘सडक महोत्सव’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
REBAN-pokhara.jpg

पोखरा । पोखरामा एक दिने सडक महोत्सव आयोजना गरिएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले असोज ११ गते महोत्सव आयोजना गरेको हो । महोत्सवको सबै तयारी पूरा भएको छ ।

पोखरा खुलै छ र यहाँका व्यवसायीहरु पाहुनालाई सेवा दिन तयार छन् भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

महोत्सव असोज ११ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म अर्थात पाँच घण्टा चल्नेछ । अध्यक्ष बरालका अनुसार पोखराको लेकसाइडस्थित बाराहीचोकदेखि खहरेचोकसम्म करिब डेढ किमिको दूरीमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत प्रस्तुत गरिनेछ । पर्यटन दिवस मनाउन विभिन्न देशका राजदूतहरु र कुटनीतिक नियोगका उच्च पदस्थ कर्मचारीहरु पोखरा आउने बताइन्छ ।

सरकारको मुख ताकेर बस्नुभन्दा हामी आफैबाट शुरुआत गर्नुपर्ने देखिएकाले महोत्सव आयोजना गरिएको र महोत्सवले सकारात्मक सन्देश दिने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईको विश्वास छ ।

विदेशी पर्यटकलाई पोखरा सुरक्षित छ र ढुक्क भएर पोखरा भ्रमण गर्न आग्रह गर्नका लागि पनि महोत्सव महत्वपूर्ण हुने उनले बताए ।

पर्यटन बोर्डका प्रवन्धक नवीन पोखरेलले कोरोना महामारीले शिथिल बनेको पोखराको पर्यटनलाई महोत्सवले जागृत गराउने बताए । उनले महोत्सवबाट विश्व बजारमा एउटा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ