भारतीय अधिकारकर्मी कमला भासिनको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा शोक ब्यक्त
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
392
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको निधनप्रति दुःख ब्यक्त गरेकी छिन् ।
केही समयदेखि क्यान्सरबाट पीडित भासिनको शनिबार ७५ वर्षको उमेरमा निधन भएको थियो । भण्डारीले उनको निधनप्रति आफू स्तब्ध रहेको जनाएकी छिन् ।
राष्ट्रपति भण्डारीले सामाजिक संजालमा लेखेकी छिन्,‘विशेषगरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चीरस्मरणीय रहने छ। स्व. भसिनप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा समवेदना ।’
भासिन दक्षिण एसियामा आफ्ना नारा, गीत र बेजोड तर्कका साथ नारीवादी आन्दोलनलाई उचाइमा पुर्याउने व्यक्तिको रूपमा परिचित थिइन ।
सन् १९७५ मा महिलाहरूको अवस्थाबारे संसदीय समितिले तयार पारेको रिपोर्टबाट सुरु भएको भासिनको महिलावादी आन्दोलन बलात्कार कानुन संशोधन, मथुरा बलात्कार घटना, दाइजोका कारण हुने हत्याविरुद्ध थालेको संघर्ष भारतमा चर्चित बनेका थिए ।