- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको गौरादह नगरमा नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत नगर अधिवेशनबाट यादवराज सेढाई विजयी भएका छन् ।
सभापतिका अर्का प्रत्यासी गोपाल प्रसाद कोइरालालाई झिंनो मतान्तर दुई(२)मतले पछि पार्दै सेढाईले आगामी कार्यकालका लागि सभापतिको पद सुनिश्चित गरेका हुन् । बिजेता बन्दा सेडाइँले कुल २ सय ४६ मत मध्ये १ सय २२ मत प्राप्त गरेका थिए भने कोइरालाले १ सय २० मत प्राप्त गर्न सफल भए ।
त्यसैगरी दुई पद रहेको नगर उपसभापती पदका लागि कुन्दन गिरिले १ सय ७१ मत र मेघराज अधिकारीले १ सय ६८ मत प्राप्त गरि बिजय बन्न सफल भए । उप सभापतिकै अर्का उम्मेदवार नरेश कुमार राजबंशीले ९८ मत मात्र पाए ।
त्यसैगरी दुई पद रहेको नगर सचिबमा माधब कोइरालाले १ सय ४१ मत प्राप्त गरि बिजयी भए । साथै सचिब पदका अर्का बिजेता नेत्र खड्काले १ सय ६ मत प्राप्त गरे । सचिबकै अर्का प्रत्यासीहरु सोमनाथ उप्रेतीले १ सय ३ मत र गुरुदयाल राजबंशीले ७४ मत पाए ।
त्यस्तै दुइ पद रहेको नगर सहसचिबमा पदका लागि उपेन्द्र ढुंगानाले सबैभन्दा अत्याधिक १७७ मत प्राप्त गरि बिजयी भए । त्यसैगरि सहसचिब पदमै ओम कुमार धमलाले १ सय २० मत प्राप्त गरि बिजयी बने भने सह सचिब पदकै अर्का प्रत्यासी खड्ग नारायण ताजपुरियाले १ सय ५ मत पाए ।
बाँकी रहेका ४५ जना नगर सदस्य पदमा आवश्यक संख्यामा मात्र उम्मेद्वारी मनोनयन परेकोले शनिबार नै निर्बिरोध भएका थिए । त्यसैगरि प्रदेश सभा क्षेत्रीय अधिबेशन प्रतिनिधिमा इन्द्रमणि दाहाल र पुर्णिमा राजबंशी निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत मोहन अधिकारीले जानकारी दिए ।
आइतबार भएको निर्बाचन कार्यक्रममा गौरादह नगरका नौं वटा वडाबाट बिजयी भएर आएका वडा सभापती र क्षेत्रीय प्रतिनिधि गरि कुल २ सय ४६ जना मतदाता मध्ये सम्पुर्ण मतदाताहरु निर्बाचन कार्यक्रममा सहभागी भएकाले सत प्रतिशत मत खसेको थियो ।