arrow

धादिङमा पौडेल पक्ष हाबी, देउवाको पक्षमा २ मात्र पालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
congress-14th-general-convention.jpg

धादिङ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धादिङको ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। शनिवार भएको गाउँ-नगर अधिवेशनमा जिल्लाको १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहहरूमा सभापतिको चयन भएका छन् । जसमा ९ स्थानीय तहमा सर्वसम्मत र २ वटामा निर्वाचन प्रक्रियाबाट सभापतिको टुङ्गो लागेको नेपाली काँग्रेस धादिङका जिल्ला कार्यसमिति सदस्य नवराज तिमिल्सीनाले जानकारी दिए । 

जस अनुसार ११ वटा पालिकाको नेतृत्व टुङ्गो लाग्दा धादिङमा पौडेल पक्षले ९ वटा पलिकामा नेतृत्व हात पारेको छ भने देउवा पक्षमा जम्मा २ वटा पालिकाको मात्र नेतृत्व हात परेको पौडेल पक्षमा  छ । पौडेल पक्षले नेतृत्व गरेको पालिकाहरूमा धुनिवेशी नगरपालिका- सुरज उप्रेती, थाक्रे गाउँपालिका- रामप्रसाद बिडारी, गल्छी गाउँपालिका- दीपक कार्की, गजुरी गाउँपालिका- भूमि कँडेल, बेनिघाट रोराङ गाउँपालिका- ऋषिनाथ त्रिपाठी, ज्वालामुखी गाउँपालिका- रेशमलाल काप्री, त्रिपुरासुन्दरी गाउँपालिका- राजु उप्रेती, गंगाजमुना गाउँपालिका- फैसिंङ तामाङ, र नेत्रावती डपजोङ गाउँपालिका- ठाकुर गुरुङ रहेका छन् भने देउवा पक्षमा सिद्धलेक गाउँपालिकाका रामशरण गिरी र खनियावास गाउँपालिका- मरीचमान तामाङ रहेका छन् ।
 
धादिङमा रामचन्द्र पौडेल पक्षको नेतृत्व वर्तमान सभापति रमेश धमला र पूर्व सभापति रामनाथ अधिकारीले गरेका छन् भने पार्टी सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व भिमप्रसद ढुङ्गाना र पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले गरेका छन् ।

तिमिल्सीनाका अनुसार ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गजुरी गाउँपालिका, वेनिघाट रोराङ गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती डवजोङ गाउँपालिका, खनियाबास गाउँपालिका र धुनिवेशी नगरपालिकामा सर्वसम्मत भएको र सिद्धलेक गाउँपालिका र गंगाजमना गाउँपालिकामा भने निर्वाचन प्रक्रियाबाट सभापतिको टुङ्गो लागेको हो।

सर्व सहमतिबाट धुनिवेसीमा सुरज उप्रेती, गल्छीमा दीपक कार्की, थाक्रेमा रामप्रसाद बिडारी, गजुरीमा भूमि कँडेल, वेनिघाट रोराङमा ऋषि त्रिपाठी, ज्वालामुखीमा रेशमराज काप्री, त्रिपुरासुन्दरी राजु उप्रेती, खनियाबासमा मरीचमान तामाङ र नेत्रावती डवजोङ गाउँपालिकामा ठाकुर गुरुङ  चुनिएका छन् ।

यस्तै सिद्धलेकमा रामशरण गिरि र गंगाजमुना गाउँपालिकामा फैसिंह तामाङ मतदानबाट प्रक्रियाबाट सभापति चुनिएका काँग्रेस धादिङका जिल्ला कार्यसमिति सदस्य तिमिल्सीनाले बताए ।
 
यसैगरी नीलकण्ठ नगरपालिका र रुविभ्याली गाउँपालिकाको निर्वाचन स्थगित भएको नेपाली काँग्रेस धादिङले जनाएको छ । नीलकण्ठमा शनिवार साँझ सुरु भएको मतदान दुई पक्षबिच विवाद चुलिएपछि स्थगित गरिएको थियो। 

धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन,भीम प्रसाद ढुङ्गाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्य गरी दुई धारमा देखिएका छन् । नीलकण्ठ नगरपालिकामा पाख्रिन-ढुङ्गाना पक्षबाट शम्भुसिङ ठकुरी र रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल सभापतिका उम्मेदवार रहेका छन् । 

वडा अधिवेशनबाट निर्वाचित जिल्लाभर काँग्रेसको २ हजार १८२ जना प्रतिनिधिहरू चुनिएका थिए।जसमा सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनिधिहरू चुनिएका छन्। सबैभन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना छन् ।

यस्तै धुनीबेसी नगरपालिका १५७ जना, थाक्रे १८१ जना, गल्छी १३५ जना, गजुरी १३७ जना, बेनीघाट रोराङ १६३ जना, सिद्धलेक १३८, नीलकण्ठ ४८८ जना, ज्वालामुखी १९८ जना, त्रिपुरासुन्दरी १६०, नेत्रावती डवजोङ ९३, गंगाजमुना १२९ जना, खनियाबास ९८ जना, रुबीभ्याली १०५ जना चुनिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ