arrow

काँग्रेस महाधिवेशन

कञ्चनपुरका तीन स्थानीय तहमा निर्विरोध, अन्यमा निर्वाचनबाट नेतृत्व चयन

स्थानीय तहको नेतृत्वमा युवाको वर्चस्व

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७८ असोज १२ मंगलबार
kanchanpur-leader.jpg

कञ्चनपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत स्थानीय तहको अधिवेशनमा कञ्चनपुरमा स्थानीय तहको नेतृत्वमा युवाको वर्चस्व रहेको छ ।भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी, बेदकोट नगरमा तुलाराम शाहू, बेलौरीमा टेपुलाल चौधरी, पुनर्वास नगरमा शुक बहादुर तामाङ, लाल झाडीमा श्रीकृष्ण राना, र बेलडाँडी गाउँपालिकामा गज बहादुर विष्ट निर्वाचित भएका हुन् । यी मध्ये अधिकांश पालिकाको नेतृत्वमा युवा नै निर्वाचित भएका छन् । निर्विरोध नेतृत्वमा आएकाहरूमा पनि अधिकांश युवा नै छन् । 

स्थानीय तहको अधिवेशनमा कञ्चनपुरका तीन स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएका छन् । दोधाराचाँदनी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा नेतृत्व चयन भएका हुन् । दोधाराचाँदनीमा राजेन्द्र मल्ल, शुक्लाफाँटामा दान बहादुर ऐर र कृष्णपुरमा विष्णु खड्का नगर सभापतिमा निर्वाचित भएका छन् । 

तीनै स्थानीय तहमा सभापति निर्विरोध चयन गरिएको नेपाली काँग्रेस कञ्चनपुरका प्रचारप्रसार विभाग प्रमुख चक्र महताले बताए । बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, बेदकोट र भीमदत्तमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ ।

भीमदत्तको सभापतिमा कलौनी 
नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन् । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्द्वी आशिष् खत्रीलाई १ सय २३ मतान्तरले हराउँदै नगर सभापतिमा निर्वाचित भएका हुन । कलौनीले २५० र खत्रीले १२६ मत ल्याएका थिए । 

उप सभापतिमा क्रमशः दीपेन्द्र सिह विष्ट २३२, सुशील भट्ट २५५, सचिवमा क्रमशः, नितु भट्ट (भण्डारी) २२६, शाहुल भट्ट २०१ सह सचिवमा क्रमशः केशव दत्त पाण्डे २५५, नारायण पन्त १७६ रहेका छन् । भीमदत्त नगरको सभापतिमा रमेश लेखक प्यानल निकट नेताहरू आएका छन् ।

बेलडाँडीमा नातिद्वारा बाजे पराजित
नेपाली काँग्रेस बेलडाँडी गाउँपालिकाको सभापतिमा गज बहादुर विष्ट निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको निर्वाचनमा विष्टले आफ्ना निकटतम प्रतिस्पर्धी पृत बहादुर बिष्टलाई ८ मतको अन्तरले हराउँदै बेलडाँडी काँग्रेस सभापतिमा चयन भएका हुन । गज बहादुर विष्टले ४५ र पृत बहादुर विष्टले ३७ मत ल्याएका थिए । निर्वाचित विष्ट संस्थापन दिवान विष्ट नजिकका नेता हुन् । भने पराजित अर्का उम्मेदवार पृत बहादुर विष्ट संस्थापन भए पनि अहिले एनपी साउद पक्षको समर्थन पाएका थिए । सभापतिका उम्मेदवार बिष्टद्वय बाजेनाती हुन् । प्यानल फरक भएकाले उनीहरू चुनावी मैदानमा होमिएका थिए । 

बेदकोटमा शाहू
नेपाली काँग्रेस बेदकोट नगरको सभापतिमा तुलाराम शाहू निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी पुष्पराज भट्टलाई ७ मतले हराउँदै सभापतिमा निर्वाचित भएका हुन् । शाहुले ७८, भट्टले ७१ म्त ल्याएका थिए । उप सभापतिमा चन्द्र कुँवर ९१, भोजराज भट्ट ७४, सचिवमा पवन नेपाली ७४, अमुत बोहरा ७६, सह सचिवमा भुवन अर्याल ८३, लक्ष्मीदेवी पातली ८० मत ल्याएका छन् । नेतृत्व रमेश लेखक निकट भने केही पदाधिकारीमा एनपी साउद पक्षमा आएको नेताहरूले बताएका छन् । 

बेलौरीमा चौधरी 
नेपाली काँग्रेस बेलौरी नगरपालिकाको सभापतिमा टेपुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी विक्रम बहादुर चन्दलाई १०मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन् । चौधरीले ९० र चन्दले ८०मत ल्याएका थिए । उप सभापतिमा दीपक सिह विष्ट ९६, द्रोण बहादुर चन्द, सचिव कन्यैया राना ८५, भूपेन्द्र बहादुर शाही ८९, सह सचिव नरेन्द्र सिह विष्ट ८१, राजेन्द्र सिह राई ८७ले मत ल्याएका छन् । बेलौरीमा एनपी साउद दिवान विष्ट संयुक्त प्यानल आएको नेताहरूले बताएका छन् । 

पुनर्वासमा तामाङ 
कञ्चनपुरको पुनर्वास नगरमा शुक बहादुर तामाङ निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिल बहादुर बोहरालाई १०मतको अन्तरले हराउँदै काँग्रेस पुनर्वास नगर सभापतिमा निर्वाचित भएका हुन् । तामाङले ८३, बोहराले ७३ मत ल्याएका थिए । उपाध्यक्षमा खगेन्द्र ओझा ८३, नरेन्द्र कुमार श्रेष्ठ ७९, सचिव परि रावल ८०, चन्द्र मणि गैरले ७७, सह सचिव लौटन राना ७२, राक कुमार राना ७५ मत ल्याएको काँग्रेस पुनर्वासका निवर्तमान सभापति यम पौडेलले बताए । 

लाल झाडीमा राना नेपाली काँग्रेस लालझाडीको गाउँ सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन् । श्रीकृष्ण रानाले आफ्ना प्रत्याशी राजेश रानालाई झन्डै दोब्बर मतले पछार्दै गाउँ सभापतिमा निर्वाचित भएका हुन् । 

श्रीकृष्णले ६३ र राजेश रानाले २७ मत ल्याएका थिए । काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङले कुल ९३ मतदाता मध्ये ९० मत खसेको बताए । १ मत बदर भएको छ । उप सभापतिमा वीर बहादुर विष्ट, लक्ष्मण राना, सचिवमा रामेश विष्ट, मेघ राना, सह सचिवमा शिवनारायण चौधरी र राम बहादुर चौधरी निर्वाचित भएका छन् । उनी काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ निकट मानिन्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ