arrow

काँग्रेस महाधिवेशन : हजुरबुबालाई हराए नातिले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
Congress-convention-14-nepa.jpg

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नातिले हजुरबुबालाई हराएका छन् ।  नेपाली काँग्रेस बेलडाँडी गाउँपालिकाको सभापतिमा नाति गज बहादुर विष्ट निर्वाचित भएका छन् । 

शनिवार सम्पन्न भएको निर्वाचनमा विष्टले आफ्ना प्रतिस्पर्धी हजुरबुबा पृत बहादुर बिष्टलाई ८ मतको अन्तरले हराउँदै बेलडाँडी काँग्रेस सभापतिमा चयन भएका हुन । 

नाति गज बहादुर विष्टले ४५ मत पाउँदा हजुरबुबा पृत बहादुर विष्टले ३७ मत ल्याएका थिए । 

निर्वाचित नाति  गज बहादुर विष्ट संस्थापन दिवान विष्ट नजिकका नेता हुन्  भने पराजित हजुरबुबा पृत बहादुर विष्ट संस्थापन भए पनि अहिले एनपी साउद पक्षको समर्थन पाएका थिए । 

सभापतिका उम्मेदवार बिष्टद्वय बाजेनाती हुन् । प्यानल फरक भएकाले उनीहरू चुनावी मैदानमा होमिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ