- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले २०४८ सालदेखी उच्च ओहदामा पुगेका सबैको सम्पत्ती अनिवार्य छानविन गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौंको वानेश्वरस्थित युवा संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत संघले यस्तो माग गरेको हो । युवा संघ नेपाल सचिवालय कमिटीको सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संघले उच्च ओहोदामा पुगेका सबैको सम्पत्ती छानविन गर्न माग गरेको हो ।
‘२०४८ सालपछि आजसम्म सरकारी ओहोदामा बसेका प्रधानमन्त्री, मन्त्री, सांसद, मन्त्रालयका सचिवहरू, सरकारी विभागका प्रमुखहरू, न्यायधिसहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च कर्मचारी एवं पदाधिकारीहरू, सेना, जनपद प्रहरी, शस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका उच्च पद धारण गरेका व्यक्तिहरू, महत्वपुर्ण राजनीतिक लाभका पदमा नियुक्त भएका व्यक्तिहरू, ठुला कम्पनीका ठेगेदारहरू, राष्ट्रिय स्तरमा कार्यक्षेत्र बनाई गैर सरकारी संस्था चलाईरहेकाहरूको सम्पत्ति अनिवार्य छानविन गर्न नेपाल सरकारसंग हाम्रो माग छ’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।