arrow

रोनाल्डोले कीर्तिमानी खेलमा गोल गर्दै जिताए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
ronaldo-manchester-united1.jpg

काठमाडौं । पोर्चुगिच फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा कीर्तिमान बनाएका छन् । इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बुधबार राति युनाइटेडले स्पेनिश क्लब भिल्लारियलसँग खेलेसँगै रोनाल्डोले कीर्तिमान बनाएका हुन् । 

रोनाल्डोले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेलेर रेकर्ड बनाएका हुन् । उनले १७८ खेल खेलेका छन् । रोनाल्डोले स्पेनिश क्लब रियाल मड्रिडका पूर्व गोलकिपर इकर क्यासिलास (१७७) खेल) को कीर्तिमान तोडेका हुन् ।

यस्तो छ खेलको नतिजा
बुधबार रातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–१ गोल अन्तरले हरायो । खेलको ५३ औं मिनेटमा एल्कासेरले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । 

६० औं मिनेटमा टेलेसले गोल गर्दै १–१ को बराबरीमा ल्याए । इन्जुरी समयमा जेस्सी लिंगार्डको पासमा आकर्षक गोल गर्दै रोनाल्डोले खेल जिताए । 

समूह एफमा रहेको युनाइटेडले खेल जितेसँगै तेस्रो स्थानमा पुगेको छ । एटलान्टा ४ अंकसहित पहिलो तथा यंग ब्वाइज ३ अंकसहित दोस्रो स्थानमा छ । 

भिल्लारियल १ अंकबाट पुछारमा छ । 

अन्य खेलको नतिजा
बेनेफिका ३–० बार्सिलोना
साल्सबर्ग २–१ लिले 
वुल्भ्सबर्ग १–१ सेभिया
युभेन्टस १–० चेल्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ