arrow

कर्णाली युवा पत्रकारिता पुरस्कार लोकेन्द्र विश्वकर्मालाई  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
lokendra-bk.JPG

वीरेन्द्रनगर । कर्णाली युवा पत्रकारिता पुरस्कार जाजरकोटका लोकेन्द्र विश्वकर्माले पाएका छन्  । कर्णाली प्रदेशको समाचार सङ्कलन, प्रसारण तथा प्रकाशनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै दोभान मल्टिमिडिया प्रालिले स्थापना गरेको कर्णाली युवा पत्रकारिता पुरस्कार जाजरकोटका विश्वकर्माले पाएका हुन्  । 

पुरस्कार मङ्गलवार सुर्खेतमा एक बृहत् कार्यक्रम गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्तीको टोलीले वितरण गरेको हो । 

जाजरकोटबाट पत्रकारिता थालेका विश्वकर्मा, अहिले काठमाडौँका अनलाइन, टेलिभिजन हुँदै यतिबेला कर्णालीखबरमा कार्यरत छन्  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ