- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखा रोगवाट दुई जनाको मृत्यु भएको छ । झाडापखालाबाट वडा नंम्बर ९ वहादुरगन्जमा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वर्षमा ५ को राज कश्यप र वर्ष ४० को राम प्रसाद केवट रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । बालक कश्यपको स्थानीय निजी क्लिनीकमा उपचार गर्नेक्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेले बताए ।
नगरपालिकाको वडा नं.५, ७, ८ र ९ वडामा आइतबार रातिदेखि प्रकोप फैलिएको उनले बताए । वडाभरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचद्र घिमिरेले बताए ।
बहादुरगंज अस्पतालमा दुई सय बढीले उपचार गराई रहेका छन । ३२ जना सिकिस्त बिरामीलाई थप उपचारकालागि बुटवल र तौलिहवा अस्पताल पठाइएको घिमिरेले बताए । समुदायमा रहेका बिरामीको संख्या एकिन हुन सकेको छैन ।
नगरपालिका वडा नं.९ का अध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलवार बिहानै बहादुरगंज पुगेका तथा प्रदेशबाट उपचार टोली समेत त्यहा पुगेका छन ।
साँझसम्म पनि झडापखालाका बिरामीहरु अस्पतालमा आईरहेको स्थानीय मनिष गुप्ताले बताए । स्वास्थ्यकर्मी दिउँसो पुगे पनि अहिले जिल्लाबाट आएका टोली फर्किदा उपचारमा समस्या भएको समेत गुप्ताले बताए ।