arrow

गृहमन्त्री खाँण र डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
balkrishna-amsder.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छिन् ।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे । उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा नेपाल सरकारले गरेको बताए ।

‘नेपाललाई अहिलेसम्म युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद छ । आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने छ भन्ने अपेक्षा नेपाल सरकारको छ,’ मन्त्री खाणले भने, ‘नेपाल सरकार युरोपियन युनियनसँग संगै काम गर्न तयार छ ।’

युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ । राजदूत डिप्रेजले विपद्को क्षेत्र हरियाली जोगाउन र संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएका थिए । 



लोकप्रिय समाचार
नयाँ