- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहिलो व्यवसायिक ९४.६ मेघाहर्ज आजदेखि १८ वर्षमा प्रवेश गरेको छ । २०६१ साल असोज २६ गते आजकै दिन विहान ११ बजेर ३३ मिनेटमा रेडियो बागेश्वरीले आफ्नो प्रशारण प्रारम्भ गरेको थियो ।
नेपालगन्जको फुलटेक्रास्थित हडियाबाबा मन्दिर आश्रमस्थल नजिकैबाट एक हजार वाटमा प्रशारण सुरु गरेको रेडियो बागेश्वरी १८ वर्ष आइपुग्दा अहिले नेपालगन्ज उपमहानगरपालिका १० आदर्शनगरस्थित सुविधा सम्पन्न आफ्नै भवनबाट गुञ्जीरहेको छ । विहान ५ बजेदेखि राती ११ बजे दैनिक १८ घण्टासम्म प्रशारण भइरहेको रेडियो बागेश्वरी समाचार, सूचना र संगीतको अनुपम संगम हो ।
प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि सधैव अडिक भएर आफ्ना प्रशारण सामाग्रीलाई जनमैत्री बनाएकै कारण यसक्षेत्रका लाखौं स्रोताको ढुकढुकी बनेको छ ।
रेडियो बागेश्वरी व्यवसायीक भएपनि यसले आम नागरिकका सवाललाई सम्वोधन गर्दै आइरहेको छ । रेडियो बागेश्वरीले अहिले चार भाषासहित दैनिक ११ वटा समाचार बुलेटिन प्रशारण गर्दै आएको छ ।
थारु, हिन्दी, अवधीसहित नेपाली भाषामा समाचार प्रशारण हुने रेडियो बागेश्वरी यसक्षेत्रकै पहिलो र एकमात्र रेडियो हो। रेडियो संचालक समितिका अध्यक्ष राजविक्रम शाहले रेडियो बागेश्वरीले प्रशारण गर्ने सामाग्रीलाई अझ जनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । शाहले यहाँसम्म ल्याइ पुर्याउने स्रोता, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।