arrow

बसको टायर पन्चर हुँदा ३२ जनाको गयो ज्यान

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७८ असोज २७ बुधबार
mugu-accident-collection.JPG
फोटो नूपेन्द्र बहादुर मल्ल

मुगु । नेपालगन्जबाट मुगु आउँदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बसको टायर पन्चर भई दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको प्रहरीको अनुमान छ ।

नेपालगन्जबाट मुगु आउँदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक मङ्गलवार दिउसो १ बजे छाँयानाथ रारा नगरपालिका-७ पिना गाउँको तपने खोलामा दुर्घटना भएको थियो । उक्त बसमा ४६ जना यात्रुहरु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइड तिरको टायर पन्चर भई बस अनियन्त्रित हुँदा ५ सय मिटर तल खस्दा ३२ जनाको मृत्यु र १३ जना घाइते भएको प्रहरीले बताएको छ । 

No description available.

 दुर्घटना स्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट २ मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटना स्थल मुनी रहेको थियो । प्रहरी गस्तीले ठुलो आवाजमा पड्केको सुन्न बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालक तिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पन्चर हुँदा मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्र बहादुर भट्टराईले जानकारी दिएका हुन ।

 मङ्गलवार दुर्घटना भई मृत्यु र घाइते हुने दसैँ बिदामा घर आएका काठमाडौँ लगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी लगायत अन्य व्यक्ति रहेका छन् मृत्यु हुनेमा  १८ पुरुष ८ महिला र दुई नाबालक रहेका छन् भने ४ जनाको सनाखत हुन बाँकी रहेको छ । 

No description available.

 प्रहरीले दिएको जानकारी अनुसार  घटना स्थलमै मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका-७ कि वर्ष १९ वर्षिया लग्न सेजुवाल नाम नखुलेको सेजुवालको २ वर्षको छोरा सोही वडाकी अन्दाजी २० वर्षिया मनदेवी बम सोही नगरपालिका-१० की १८ वर्षिया पूजा बुढा सोही नगरपालिका-८ का ३३ वर्षिया प्यारी बिक सोही वडाका २२ वर्षिया सन्तोष बिटालु सोही नगरपालिका-१२ का २२ वर्षिया छारा सावत सोही नगरपालिका- का अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल सोही नगरपालिका-१० कि २० वर्षिया सरिता खड्का १४ का २२ वर्षिया कर्णसिंह बुढा, १ की २३ वर्षिया चन्द्रादेवी मल्ल,६ की रामामाया भाम सोही वडाका १८ वर्षीय उम्मर सावद, ११ का २२ वर्षीय प्रकाश बुढा,५ का २९ वर्षीय अजय कार्की, साही वडाकी ३२ वर्षीय कमला बिसी १० का २२ वर्षीय सुनबहादुर बिक १४ का शिव बुढा, ७ का २१ वर्षीय अमृता शाही राना र उनका अन्दाजी ५ वर्षका आयुश राना १४ का २० वर्षीय रूपसिंह कार्की ७ का २२ वर्षीय महेन्द शाही सोरूँ गाउँपालिका-३ का मनरुप कुमाईं रहेका छन् । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने वर्ष २२ का प्रदीप स्वरणकार रहेका छन् । 

उपचारका क्रममा नेपालगन्ज नर्सिङ होममा लगिएका छाँयानाथ रारा नगरपालिका-४ का १८ वर्षीय चन्द्र प्रकाश भाम सोही नगरपालिका-७ का उमेर नखुलेका आदित्य विक्रम शाहा शिक्षण अस्पताल कोहलपुरमा लगिएका सोरूँ गाउँपालिका-८ का २३ वर्षीय आइतसिंह कामी र छाँयानाथ रारा नगरपालिका-८ का २८ वर्षीय टोपबहादुर बिस्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

No description available.

 घाइते हुनेहरूमा छाँयानाथ रारा नगरपालिका- ५ का अन्दाजी ३५ वर्षीय प्रेम बहादुर रावल सोही नगरपालिका-१ का २१ वर्षीय शुक्रराज मल्ल ,८ का २१ वर्षीय रतनसिंह रावल ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेश बहादुर रावल, १ कि ९ वर्षिया सुस्मिता शाही, ८ कि २० वर्षिया सम्झना रावल, ११ की ३१ वर्षिया रेखा सावद ५ का लक्ष्मिचन्द्रा रावल १४ कि दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । नर्सिङ होम नेपालगन्जमा छाँयानाथ रारा नगरपालिका-१३ कि ७ वर्षीय शुजता बम,११ हर्ष बहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका-३ कि ६ वर्षिया भूमिका बुढाको उपचार भइरहेको छ ।

 मृतकहरूको जिल्ला अस्पतालमा सनाखत भई पोस्टमार्टम पछि दाहसंस्कारका लागी घरपरिवारलाई शव जिम्मा लगाइने तयारी भइरहेको प्रनाउ भट्टराईले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ