- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्वास्थ्य भएका छन् ।
वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
दम रोग पीडित उनीलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो ।
केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।