काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्।
पुरानो रोग दम बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पताल प्रशासनका अनुसार, वैद्यको स्वास्थ्य अवस्था स्थिर छ।
अक्सिजनको स्तरमा केही उतारचढाव देखिए पनि चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेका छन्। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ।