arrow

वैद्यलाई भेट्न अस्पताल पुगे प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
mohan-vaidhya.jpeg

काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका मोहन वैद्यलाई भेट्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् ।
 
 थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर सोमवार वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिए । स्वास्थ्यमा समस्या देखिएपछि वैद्यलाई आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
 
सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ