arrow

अस्थायी संयुक्त सरकार बनाउन वैद्यको प्रस्ताव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
mohan-baidhya-new.jpg

काठमाडौँ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् । 

बिहीबार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरू असक्षम र सङ्कटग्रस्त बन्दै गएको बताएका हुन् । 

उनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताए । उनले सरकारले सङ्घर्षका उपलब्धिहरूको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बताए । 

त्यस्तै वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उनले बताए । 

अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तात्कालिक हक, हित तथा अधिकारको प्राप्ति र सङ्घीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पार्नुभयो । उनले अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गर्नुभयो ।

उनले भने – ‘वर्तमान राज्यसत्ता, व्यवस्था तथा तिनका पक्षधर राजनीतिक दल असक्षम तथा सङ्कटग्रस्त बन्दै गएको प्रस्ट हुन्छ । भयावह हुँदै जान थालेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सङ्कटको समाधान हुनै सक्दैन । राजतन्त्र र हिन्दु धर्मको पुनः स्थापना पश्चगामी यात्रा हो । त्यो अस्वीकार्य छ । संसदीय निर्वाचनको निरन्तरताको चक्रव्यूह सरकार ढाल्ने, अर्को बनाउने र फेरि ढाल्ने सत्ता लिप्साका खेल र झुटा आश्वासन तथा भ्रम जाल पनि थेग्न सक्ने स्थितिमा देश र जनता छैनन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ