arrow

मोहन वैद्यले थप उपचार गर्न विदेश जान मानेनन्, शिक्षण अस्पतालमै उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
mohan-vaidhya-kiran.jpg

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले विदेशमा उपचार गर्न अस्वीकार गरेका छन् । विगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत वैद्यले विदेशमा उपचार गर्न अस्वीकार गरेको उनको उपचारमा सहयोगी भूमिका खेलिरहेका नेता हरिभक्त कँडेलले बताए ।

हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्वीकार गरेको उनको भनाइ छ ।

 ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुँदोरहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्‍यो भनेर उहाँले कुरा गरेपछि यहीँ उपचार गरिरहेका छौं,’ उनले सञ्चारकर्मीसँग भने ।

दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ हप्ता बढी समय देखी उपचार गरिरहेका छन् । उनलाई दमसँगै निमोनिया देखिएपछि ५ दिनदेखि आईसीयूमा राखेर उपचार गरिरहेको कँडेलले जानकारी बताए । 

उनका अनुसार पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेर काम गरिरहेको छ । 

कडेँलका अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भइरहेको छ । उनका अनुसार यही अवस्था रहेमा चार–पाँच दिनपछि डिस्चार्ज गरिनेछ । 

डा निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ