अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र हो : सीपी गजुरेल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
432
Shares
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले नेपालमा अहिले पनि वास्तविक जनगणतन्त्र नआएको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको गणतन्त्रलाई बुर्जुवा गणतन्त्र को संज्ञा दिएका छन्।
नेता गजुरेलका अनुसार, यो गणतन्त्रले देशको विकास गर्न सक्दैन किनभने यो पुँजीपति, दलाल र नोकरशाही पुँजीपति वर्गको हितमा छ। उनले आफूहरू बुर्जुवा गणतन्त्रका लागि नलडेको भन्दै पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको ‘गद्दारी’ का कारण जनगणतन्त्र आउन नसकेको आरोप लगाएका छन्।
उनले दाहाल र भट्टराई अहिले पनि नेपाली कांग्रेसको एजेन्डामा हिँडिरहेको दाबी गर्दै अहिलेको गणतन्त्रले देशको विकास नगर्ने बताएका छन्।