arrow

वैद्य भेट्न गृहमन्त्री खाँण नर्भिकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
mohan-vaidhya-balkrishna-kh.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । मंगलबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । 

सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे । 

वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ