arrow

हिन्दु स्वयंसेवक सङ्घद्वारा वीरगन्जमा प्राथमिक शिक्षा वर्ग सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
hindus.JPG

पर्सा । हिन्दु स्वयंसेवक सङ्घ नेपाल पर्साले वीरगन्जमा सात दिने प्राथमिक शिक्षा वर्ग (प्रशिक्षण) कार्यक्रम आजदेखि सुरु गरेको छ । वीरगन्जको रानी घाट स्थित रेल्वे माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु गरिएको प्राथमिक शिक्षा वर्गको उद्घाटन सङ्घका विभाग संघचालक अशोक वैद्यले विधिवत् रूपमा गरेका थिए ।

प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै संघचालक वैद्यले शिक्षाको साथ साथ व्यवहारिक, सामाजिक र सांस्कारिक शिक्षाको आवश्यकता औँल्याए । सङ्गठन नै अनुशासन हो, सङ्गठन नै विजय शक्ति हो, प्रशिक्षणमा सहभागी परिक्षार्थीहरुले अनुशासित र सङ्गठित भएर अत्यधिक लाभ उनले शिक्षार्थीहरू सँग आग्रह गरे ।

शिविरबाट प्राप्त ज्ञानले समाज र राष्ट्रको हितको लागि अनुशासित र सङ्गठित भएर काम अगाडी बढाउन उनले सुझाव दिए । अहिले देशमा हिन्दु धर्ममाथि चौतर्फी रूपमा प्रहार गर्ने काम भइरहेको बताउँदै यसलाई निरुत्साहित गर्न हिन्दु समाज सङ्गठित हुनुपर्ने बताए ।

 असोज ६ गतेसम्म सञ्चालन हुने प्राथमिक शिक्षा वर्गमा पर्सा र बारा गरी ५४ जना सहभागी शिक्षार्थीहरू सहभागी छन् । उनीहरूलाई मुख्य ६ जना प्रशिक्षकले शारीरिक विकास, बौद्धिक विकास, अनुशासन, संस्कार लगायतको विषयमा प्रशिक्षण दिई रहेका छन् । शिक्षा वर्गलाई १५ जनाको समूहले व्यवस्थापन मिलाएको छ ।

 उद्घाटन कार्यक्रममा हिन्दु स्वयंसेवक सङ्घ नेपालका राष्ट्र कार्यवाहक मुर्ली निरौला, शिक्षा वर्गका वर्गाधिकारी सत्रुधन गिरी, सङ्घका पर्सा जिल्ला संघचालक ललन द्धिवेदी लगायतका सहभागिता रहेको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ