- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल गृह नगर नेपालगन्ज आइपुगेका छन् । मन्त्री भएपछि पहिलो पटक सोमबार दिउँसो गृह नगर आएका हमाललाई काँग्रेस नेता कार्यकर्ताले बाटोमा स्वागत गरेका थिए । उनी काठमाण्डौबाट स्थल मार्ग हुँदै नेपालगन्ज आइपुगेका हुन् ।
मन्त्री हमाललाई दाङको धानखोला, लमही, बाँकेको कुसुम, अगैया, शमशेरगंज, कोहलपुर, हवलदारपुर लगायतका स्थानमा काँग्रेस नेता कार्यकर्ताले उनको स्वागत गरेका थिए । उनले कोहलपुर-७ लखनवास्थित मरिमाता मन्दिरमा पारिवरसहित पूजा गरेका थिए ।
नेपालगन्ज प्रवेश गर्नुअघि राँझामा नेपालगन्जबाट गएका नेता कार्यकर्ताले मन्त्री हमाललाई स्वागत गरेका थिए । राँझामा काँग्रेस युवा नेतृ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायत अन्य नेता कार्यकर्ताले स्वागत गरेका हुन् ।
त्यस्तै मन्त्री हमाललाई डुडुवा गाउँपालिका वडा नम्बर २ स्थित बेतहनीमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीसहितका नेता कार्यकर्ताहरूले स्वागत तथा बधाई दिएका थिए।
नेपालगन्ज आएपछि उनले बागेश्वरी मन्दिरमा पुगेर दर्शन गरेका थिए । उनी ४/५ दिन नेपालगन्जमा रहनेछन् ।
प्रदेश र सङ्घमा बाँकेबाट निर्वाचित काँग्रेसका एक मात्र सांसद हमाल असोज २४ गते वन वातावरण तथा भू-संरक्षण मन्त्री नियुक्त भएका थिए । राजनीति र खेल जगतका अब्बल व्यक्तित्व हमाल २०७४ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर २'ख' बाट निर्वाचित भएका थिए ।