arrow

कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
karnali-pradesh-map.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान बुधबारदेखि शुरु हुने भएकाले प्रदेश सरकारले बुधबार बिदा दिएको हो । 

विसं २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ