- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक दिन इन्डोनेसियाका राष्ट्रपति सुहार्तो सयर गरेको डुंगा पल्टिएछ। माझीले उनलाई बचाएछन् । सुहार्तोले ‘म सुहार्तो हुँ तिमी के चाहन्छौ जे माग्छौ म त्यही पूरा गर्नेछु’ भने । प्रतिउत्तरमा माझीले ‘म एक माझी हुँ मेरो पहिलो कर्तव्य यात्रीको जीवन रक्षा गर्नु थियो त्यस भन्दा अन्यत्र गएर मैले विभूषित हुन लायक कुनै यत्रो पराक्रम गरिन । यसकारण म अन्य कुनै आभूषणबाट सुसज्जित हुन लायक व्यक्ति होइन’ भन्दै सुहार्तो समक्ष माझी यस्तो बिन्ती गर्छन्, ‘श्रीमान् सुहार्तो मेरा लागि यो कृपा गर्नुहोस् कि कतै मैले तपाईको उद्दार गरें तपाईलाई बचाएँ कतै नभनीदिनुहोस् नत्र मलाई इन्डोनेसियाली नागरिकले बाँच्न दिने छैनन् ।’
मेरो सरकारले पंचशीलको सिद्धान्त अवलम्बन गर्ने जमर्को गरेको छ । सरकारको चिन्ता सीमारेखाको सुरक्षा र चीनको सीमा अतिक्रमणको मात्रै नभएर बीआरआई र खोप ब्यवस्थापनमा पनि केन्द्रित देखिन्छ । तथापि चीनसँगको सम्बन्ध विस्तार भारत र उसको सहयात्रीका निम्ति चुनौती हो कि हामीले प्रतिकूल संसदमा एमसीसी पारित गर्न नसकिरहेको अवस्थामा नेपाली परराष्ट्र मन्त्रीद्वारा बीआरआई मुद्दालाई विधिवत प्रवेश गराएका छौं भने सीमा अतिक्रमणमा चीनका समकक्षीसँग वार्ता प्रारम्भ नै गरिसकेका छौं र चीनले हामीसँग मात्र होइन भुटानसँग पनि सीमा विवादमा संवाद आरम्भ गरिसकेको छ । यो संयोगमात्र होइन ।
तर नेपालको आन्तरिक राजनैतिक पात्रो भिन्न परिस्थितिबाट गुज्रिरहेको छ । हाम्रो देशका मूल राजनितिक दलहरूले पंचवर्षीय कार्यक्रमहरूको अध्यावधिक गर्नुछ । उनीहरूले निर्दिष्ट समय गुजारिसकेका छन् र आफूभन्दा वेगवान समयलाई भेट्ने दौडमा बत्तिदैछन् । नेपाली कांग्रेस नेतृत्वको सरकार छ । सरकारका खुट्टाहरू वामपन्थी हुन् । उनीहरू आम निर्वाचनको पक्षमा छैनन् ।
पुष्पकमल दाहाल प्रचण्डबाट वृहत् लोकतान्त्रिक वाम एलायन्सले निर्वाचन लड्ने चर्चा छरिएको प्रसङ्गसँग आम कांग्रेस कार्यकर्ताले भरतपुर नगरको निर्वाचन, गोरखामा आँखा वा नेपालगञ्जको धवल शमशेर न रूपन्देहीका दीपक बोहोरा वा काठमाडौंको राप्रपालाई मत जारी गर्ने उर्दी जोडेकै छन् । त्यसकारण वृहत् कार्यगत एकताले कांग्रेस विभाजित बाटोमा पुग्ने खतरा छ।
उपरोक्त खतराहरू नियाल्दा प्रचण्डहरूले प्रतिकूल निर्वाचनलाई अंगीकार गर्न सामर्थ्य राख्दैनन् वा हाम्रो कांग्रेसको दलको नेताको नेतृत्वको सरकारको प्रतिस्थापनमा केपी शर्मा ओलीसँग प्रचण्डको पुनः एकता कति सम्भव छ भन्ने विषयले बजार तताउन सक्ने अनुमान पनि गर्न सकिने छ ।
यसो गर्दै गर्दा निर्वाचन सम्पन्न गर्ने भद्र सहमति भएको माधव नेपालको सरकारको नेतृत्वको सरकारको परिकल्पनामाथि स्थायी वन्ध्याकरण गरिने छ। यी शृंखलामा कांग्रेस नेतृत्वको वाम दक्षिण मेलमिलाप सरकारले भारत भ्रमणको प्राथमिकता नपाउनु र नेपाली परराष्ट्र मन्त्रीको चीन सरकारको समकक्षीसँगको द्रूत बीआरआई र कोभिड भ्याक्सिनको सहयोगको माग र व्यग्रता र सो बापत एमसीसीमा पर्ने असरले कांग्रेसको आसन्न महाधिवेशन र आमनिर्वाचनमा गम्भीर असर पर्नेछ भन्न सकिन्छ ।
त्यसो त चीनसँग फैलाइएका हातहरू रणनैतिक रूपमा प्रधानमन्त्री शेरबहादुर देउवाको कुटिल चाल भन्ने वर्णन गरिएको छ । तर पर्याप्त गृहकार्य विनै यस्ता अभ्यास गरिएका छन् जसले नेपाललाई कुनै फाइदा गर्दैन कि यी प्रयासहरू झन् प्रत्युत्पादक बन्दै जानेछन् । कांग्रेस र लोकतान्त्रिक मुलुकका निम्ति कांग्रेसकै नेतृत्वले निर्माण गरेको प्रतिनिधिसभा र उपल्लो सदनको रिफ्रेस गर्नु नै छ र त्यसमा पनि फेरि सुधार्ने मौका उनै देउवालाई नै मिलेको छ ।
यस क्रममा देउवाबाट नेपालको जनप्रतिनिधिमूलक प्रमुख संस्थामा नयाँ लोकतान्त्रिक अनुहारले पुराना वाम प्रतिनिधिहरू विस्थापित गर्ने अवसर फर्किएको छ । तर पार्टी सभापतिमा पुनरागमन हुने शर्तले गर्दा कांग्रेसको आम निर्वाचनमा हुनु पर्ने उत्साहमा बन्देज लाग्न सक्नेछ ।
एक दिन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्वाचोभसँग केही साथीहरूले क्रोधले यस्तो प्रसङ्ग झिकेछन्, ‘रोनाल्ड रेगनको ओभल अफिसमा कमनरले पनि आफ्ना असहमतिहरू मुड्की बजारेर राख्न सक्छन् तर यहाँ सकिंदैन । प्रत्युत्तरमा गोर्वाचोभले भनेछन्, ‘हो अमेरिकाका राष्ट्रपतिको कामका विरूद्ध यहाँ मस्कोमा हाम्रो राष्ट्रपतिको कार्यालयमा त्यसैगरी क्रोध पोख्न पाइने छ ।’
नेपालमा हामीले कस्तो नेतालाई विराजमान बनायौं र हामीले हाम्रो सरकार भन्नै सक्दैनौं ? (बजगाँई नेपाली कांग्रेसका युवा नेता हुन्।)