लोसपाका युवा नेता साहलाई सहकारी विभागको जिम्मेवारी
निरंजन कुमार साह,
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
741
Shares
जनकपुरधाम। सहकारी अभियन्ता एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता सञ्जय कुमार साहलाई पार्टीले सहकारी विभागको विभागीय प्रमुखमा नियुक्त गरेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीको सहकारी विभागको केन्द्रीय प्रमुखमा युवा नेता साहलाई काम गर्न जिम्मेवारी दिइएको हो । शनिवार पार्टीको निर्णय अनुसार उनलाई जिम्मेवारी दिइएको युवा नेता साहले जानकारी दिए। यसअघि सहकारीको केन्द्रीय विभागका संयोजकका रूपमा उनले पदभार सम्हाल्दै आएका थिए ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले युवा नेता साहलाई आइतबारदेखि नै लागू हुने गरी पार्टीको सहकारी विभागको प्रमुखको रूपमा कार्यभार सम्हाल्न जिम्मेवारी दिएका हुन् । विभिन्न जिल्लामा रहेको सहकारीलाई निगरानी गर्नका लागि नेता साहलाई प्रमुखको जिम्मेवारी दिइएको छ।