arrow

पाँच हजारभन्दा बढी कार्यकर्तालाई एमालेमा भित्राए ओलीले, नेम्वाङले भने- अरू पार्टीमा भुईँचालो गएझैँ भएको छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
oli-banke.JPG

झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच हजारभन्दा बढी कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् । आइतबार नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपाली काँग्रेस र माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी आएका पाँच हजारभन्दा बढी कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् । 

कार्यक्रममा ओलीले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने कुरा र समृद्ध नेपाल सुखी नेपाली बनाउने काममा नेकपा एमाले एक ढिक्का भएर लाग्ने बताए । अध्यक्ष ओलीले भने, “राष्ट्रिय हितको संरक्षण र संवर्द्धन गर्ने कुरामा नेकपा एमालेले अनुचित सम्झौता गर्दैन, जहिल्यै नेपाली र राष्ट्रको शिर माथि उठाउने काममा प्रतिबद्ध रहन्छ ।” 

अध्यक्ष ओलीले नेकपा एमालेले छ हजार ७४३ वटा वडाको अधिवेशन शनिबार सम्पन्न गरिसकेको बताउँदै आगामी कात्तिक ९ गते ७५३ पालिकाको अधिवेशन एकै दिन पार्टीले गर्न लागेको जानकारी दिए । उनले एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकै दिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने जिकिर गरे ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा पार्टीका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले देशभर अन्य पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताउँदै भने, “अरू पार्टीमा भुईँचालोको परकम्प गए झैँ भएको छ । एमालेमा सुमधुर सङ्गीतको जस्तो आवाज देशभरबाट उर्लिएर पार्टी प्रवेशको लहर चलेको छ ।”

पार्टीका वरिष्ठ नेता लेखराज भट्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन प्रतिबद्ध रहेको बताउँदै नवप्रवेशीहरुलाई एमाले प्रवेश गरेकामा पछुताउनु नपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ