arrow

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबेदारी, महेन्द्रबहादुर शाहीले धोका नदिने  विश्वास

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
jivan-bahadur-shahi.jpg

वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् । 

उनले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् । गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबिच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरे । 

केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबन्डामा कर्णाली काँग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला शाहीले भने, “माओवादीबाट धोका हुँदैन भन्ने विश्वासमा छु ।”
  
नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने बताए । “सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने ”उनले भने, “अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वाभाविकै हो । उनहरूले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।”

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिएका थिए । 

विश्वासको मत लिँदै गर्दा उनले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो ।  मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ