- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा खाल्डोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धुली ठूलागाउँ घर भई हाल पोखरा-११ फूलबारी बस्ने वर्ष ४१ की आईतीमाया थोकर छन् ।
पोखरा महानगरपालिका वडा नं. ११ काँहुडाँडा लामिछानेथरमा यो घटना भएको हो । निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्नेक्रममा खाल्डोको भित्ता भत्किंदा पुरिएर उनी गम्भीर घाइते भएकी थिइन् ।
उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कार्यालय पोखराले जनाएको छ ।