arrow

मुटु रोग विशेषज्ञको गुनासो- ' मन्त्री, नेताहरूको घरदैलोमा पुग्यौँ तर कसैले चासो देखाएनन्'

logo
निरञ्जन कुमार  साह,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
gangalal-doctor-saha.JPG

जनकपुरधाम।  डा. राजेश साह मुटु रोग विशेषज्ञ हुन् । उनी काठमाडौँको बाँसबारी स्थित शहिद गङ्गालाल हृदय रोग उपचार केन्द्रमा कार्यरत थिए । तर त्यहाँ पुग्ने अधिकांश बिरामीहरू  मधेस मूलकका हुने गरेकोले उनी मधेसमै पनि यो उपचार किन सम्भव छैन ? भन्ने सोच्ने गर्दथे । काम काठमाडौँमा भए पनि उनको मन र इच्छा भने मधेसमै बसेर आफ्नो गाउँ ठाउँको बिरामीलाई सेवा गर्ने भन्ने थियो ।

उनी मधेसमै बसेर सेवा गर्न चाहनुको अर्को पनि कारण छ । मुटु रोग विशेषज्ञ उनको आमाको असामयिक निधन पनि हृदय रोगकै कारण(हृदयाघात)बाट भएपछि उनी आफ्नै मातृभूमिका जनतालाई सेवा गर्न चाहन्थे र अभियानमा लागे । फलस्वरूप उनीहरूकै अग्रसरता र पहलमा काठमाण्डौंको बाँसबारी स्थित शहिद गङ्गालाल हृदय रोग उपचार केन्द्रको शाखा जनकपुरधाममै स्थापना समेत भयो ।

शाखा स्थापना भएपछि मधेशका लागि अतिआवयश्क र महत्त्वपूर्ण मानियो । प्रादेशिक अस्पतालमै तत्काल एक भवन बनाइदिएर पनि आफूहरूलाई सेवा गर्ने थलो भयो भने गर्न तयार भएपछि उनीहरू काम गर्न थाले । उनीहरूको मनमा जोस र जाँगर थियो । दैनिक सयौँ बिरामीहरू सेवा लिन पनि थाले । समयको कुनै प्रवाह नगरी काम थालेका उनीहरूको मनोबल भने अब टुट्दै गइरहेको छ ।

सुरुमा ओपिडी, त्यसपछि गुणस्तरीय भवन र तेस्रो चरणमा क्याथल्याव स्थापित गर्ने योजना सहित उनीहरूलाई सेवाका लागि जनकपुरधाम बोलाइयो तर अहिले कसैले पनि कुनै सुनुवाइ नगरेपछि उनीहरूको मनोबल घट्दै गएको छ । यस बिचमा जसपाका अध्यक्ष उपेन्द्र यादव, अर्का नेता डा. सुरेन्द्र यादव सहित यसै भेगका स्वास्थ्य र राज्यमन्त्री समेत थिए । उनीहरूकै कार्यकालमा शाखा सञ्चालनमा आयो तर पूर्वाधार नभएकाले प्रभावकारी हुन सकिरहेको छैन ।

डा. साह भन्छन्, ‘पूर्वाधारका लागि मन्त्री, नेताहरूको कार्यालय देखि घरघर दैलो दैलोमा पुग्यौँ तर कसैलाई चासो देखिन ।’ आफूहरू बिच भुमरीमै फसेको जस्तो लाग्न थालेको उनीहरूको गुनासो छ । जनकपुरधाम स्थित शाखाका कर्मचारी, नर्स र म्यानपावर समय तालिका नहेरी काठमाण्डौंको जस्तै सेवा गरिरहेको भए पनि मुटुको सानोतिनो उपचार बाहेक आफूहरू केही पनि गर्न नसकेको उनीहरू बताउँछन् ।

बिहानै पाँच बजे देखिनै बिरामीहरूको लाइन लाग्ने गरेको बताउँदै उनीहरू बाहिर बाहिरका बिरामीहरू आउने भएकाले एक बज्ने बित्तिकै प्रेसर हुने गरेको बताउँछन् । बाहिर बाहिर जानुपर्ने भएकाले दुई बज्ने बित्तिकै बिरामीहरू हतार गर्न थाल्छन् डा. साहले भने, ‘मुटुरोको अधिकांश सेवा जनकपुरधाममै उपलब्ध हुन सक्दछ तर पूर्वाधार छैन के गर्ने ?’  

दैनिक ४५ देखि पचास जना मात्रको ओपिडी काटेर आफूहरू सेवा गरिरहेको उनको धारणा छ । जनकपुरधाममा शाखा आउनु नै ठुलो अवसर भएकाले यसको सदुपयोग आवश्यक रहेको उनको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ