arrow

पोखराबाट सात जना जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
juwa.jpg

पोखरा । पोखरामा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका-१४ बिपी मार्ग डेरा गरी बस्ने ३६ वर्षीय खिलबहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । 

गुरुङसहित सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पक्राउ पर्नेमा पोखरा १३ का २९ वर्षका मन्सुर मियाँ, २७ वर्षका सम्सुल दिन हक, वर्ष २२ का मोहमद आरिन मियाँ, पोखरा १४ का वर्ष २३ का बद्री गुरुङ, पोखरा म.न.पा. १४ छिनेडाँडाका वर्ष २१ का रोजन मानन्धर र पोखरा १४ का मुना विक छन् ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट नगद ८८ हजार ९२५ रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 

उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अदालतबाट सात दिनको म्याद थप गरि कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी हमालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ