- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । बुद्ध स्थल लुम्विनी क्षेत्रका कपिलवस्तु नगरपालिका, लुम्विनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिका र स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन नथा खेलकुद मन्त्रालयबीच शनिवार प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
गौतम बुद्धले २९ वर्ष विताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्यि सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधीहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु विच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
काथरेस नगरपालिका मेयर लुईस सलाया जुलियन, सस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय नुरिया, फ्लोरेस रेन्डेन्डो र काथरेस डिपुटेशनका अध्यक्ष कार्लोस कार्लोस रोड्रीगियुज र नेपनलको तर्फबाट कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, लुम्विनी सांस्कृति नगरपालिकाका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्पेन र नेपाल विचको सम्बन्ध प्रगाढ बनाउन र दुवै देशबीच आपसी सम्वन्ध भाईचाराका साथै विकास निर्माणको क्षेत्रमा समेत फड्को मार्न यस्तो भगिनी सम्वन्धले ठुलो सहयोग पुर्याउने अपेक्षा गरिएको बताएका छन् ।
काथरेस नगरपालिका मेयर लुईस सलाया जुलियनले बुद्धको क्रिडास्थल जस्तो पबित्र भूमिमा पाईला टेक्न पाएकोमा निकै खुशी लागेको बताए । उनले आफुहरु बुद्धस्थलहरुको पर्यटन सास्कृतिक कृषि लगातयको क्षेत्रमा सहकार्य गरेर अघि बढन चाहेको बताए ।
काथरेस डिपुटेशनका अध्यक्ष कार्लोस कार्लोस रोड्रीगियुजले तिलौराकोट जस्ता शुद्ध माटो र वातवरणमा पाईला टेक्न पाएकोमा गौरव लागेको बताए । उनले यो सम्झौताले दुई देश बिचको सम्बन्ध अझ मजबुत हुने बताए । सस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय नुरिया, फ्लोरेस रेन्डेन्डो नेपालमा आफनो दोश्रो भ्रमण रहेको भन्दै उनले विकासमा लागि सहकार्य र समन्वय गरी अघि बढने बताए ।
लुम्विनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीको पहलमा नेपालका बौद्धस्थल रहेका ४ नगरपालिका र स्पेनको काथेरेस नगरपालिका विच भगिनी सम्वन्ध स्थापनाका लागि प्रयास शुरु भएको हो ।
स्पेनको काथेरेस नगरसंग भगिनी सम्वन्ध स्थपनाको सहमति पत्रका हस्ताक्षर हुँदैगर्दा यहांका बौद्ध स्थल आसपासका क्षेत्रमा विकासको फड्को मार्न सकिनेमा कपिलवस्तु, रुपन्देही र नवलपरासीका नगर प्रमुखहरु आशावादी बनेको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए ।
गौतम बुद्धको जन्मस्थल लुम्विनी, २९ वर्ष विताएको क्रिडास्थल कपिलवस्तु, मावली देवदह र अष्ट धातु राखिएको स्थल रामग्राम क्षेत्रको महत्वलाई बुझेर स्पेनको काथेरेस नगरले यी क्षेत्रका ४ नगरहरुलाई भगिनी सम्वन्ध स्थापनाका लागि अग्रसर रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।
भगिनी सम्वन्ध स्थापनाका लागि यसरी गरिएको सहमति पत्र अनुसार यसलाई अक्षरश पालना गर्न गराउन लुम्विनी गार्डेन फाउण्डेशनको ठुलो भुमिका रहने भए पनि यसलाई पुर्ण कार्यान्वयन गराउनका लागि चार वटा नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको समेत महत्वपूर्ण अग्रसरता रहनु पर्नेमा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी देवी गुप्ता, लुम्विनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवाली, राष्ट्यि सभा सदस्य नवराज सिलवाल, लुम्विनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदी लगायतले स्पेनको एक नगर र नेपालका बौद्ध स्थल रहेका ४ नगर विचको भगिनी सम्वन्ध सदियौं सदि सम्म कायम रहोस् भन्ने कामना समेत व्यक्त गरेका छन् । सम्वन्ध संगे विभिन्न विकास र कृषि पर्यटन क्षेत्रमा सहयोग प्रविधिीका कामहरु एक आपासमा साटासाट गरिने समेत प्रतिनिधीहरुले बताएका छन् ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाको तर्फबाट नगर उपप्रमुख लक्ष्मी देवी गुप्ताले स्पेनका जनप्रतिनिधीहरुलाई बौद्धको मुर्ति सहितको मायाको चिनो उपहार प्रदान गरेकी थिइन । सो अवसरमा स्पेनका काथेरेस नगरपालिकाका प्रमुख तथा प्रनिनिधी र प्रदेश सरकारको प्रमुख तथा प्रतिनिधीहरुले शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्राचीन राजदरवार क्षेत्र, सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ लगायतका बौद्धकालनी स्थलहरुको अवलोकन गरेका थिए ।
नेपाल प्रेस यूनियनका केन्द्रिय सभापति बद्री सिग्देल, कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लगायत सुरक्षा निकायका जिल्ला प्रमुखहरु, कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधीहरु, संचारकर्मी र लुम्विनी विकास कोषका कर्मचारीहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।