arrow

दोहोरी च्याम्पियन : स्याङ्जाका प्रकाश र दाङकी मीनाको जोडी विजेता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
Dohori champain.jpg

पोखरा । नेपालकै पहिलो दोहोरी च्याम्पियन स्याङ्जाका प्रकाश पराजुली र दाङकी मीना बुढाथोकीको जोडी बन्न सफल भएको छ ।

फेवाताल किनारमा शनिवार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा गरे । प्रतियोगितामा म्याग्दीकी शोभा कार्की र बागलुङका बालचन्द्र बराल दोस्रो भए ।

यस्तै, रीता रावत, सविन आचार्यको जोडी तेस्रो र मीना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको छ । नेपाल टेलिभिजनको प्रस्तुतिमा जारी प्रतियोगितामा देशका विभिन्न ठाउँबाट प्रतियोगीले भाग लिएका थिए । 

विजेता समूहले २० लाखसहित एक करोड बराबरको रियालन्स जीवन बिमा तथा उपविजेता समूहले १० लाखसहित ५० लाख बराबरको जीवन बिमा पुरस्कार प्राप्त गरेका छन् । यस्तै, तेस्रोले तीन लाख र सान्त्वनाले दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिता निर्णायकमा प्रजापति पराजुलीसहित रमेश बिजी, चन्द्र शर्मा र सीता थापा थिए । गायक बद्री पङ्गेनी र गायिका प्रीति आलेले होस्ट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ