arrow

महेन्द्रबहादुर शाहीले सोमवारै राजीनामा दिने, काँग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

logo
जनक बहादुर शाही,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
jiban-bahadur-shai-karnali-mp-nc.jpg
जीवनबहादुर शाही

हुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवार पदबाट राजीनामा दिने भएका छन्।

राजीनामा दिनु अगाडि मुख्यमन्त्री शाहीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकमा सबै मन्त्रीहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।

सरकारका एक मन्त्रीका अनुसार मुख्यमन्त्री शाहीले सोमवारै राजीनामा दिने तयारी गरेका छन्। राजीनामा दिनु अगाडि सबै मन्त्रीहरूलाई धन्यवाद दिन मन्त्रिपरिषद्को बैठक बोलाइएको ती मन्त्रीको भनाइ छ।

यसअघि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीले काँग्रेससँग सत्ता साझेदारीको सम्झौता गरेका थिए। काँग्रेससँगको सम्झौताअनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका हुन।

कर्णालीमा अब काँग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ। काङ्ग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री हुने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ