arrow

मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा, काँग्रेसका जीवन शाही मुख्यमन्त्री बन्ने बाटो खुला

logo
जनक बहादुर शाही,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
mahendra-bahadur-shahi-chief-minister.jpg

हुम्ला  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।

सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।काँग्रेस माओवादीबिच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो ।

त्यति बेला अर्थात् वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबिच लिखित सहमति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ