arrow

शाहीले मङ्गलवारै मुख्यमन्त्रीको शपथ लिने

logo
जनक बहादुर शाही,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
jiban-bahadur-shai-karnali-mp-nc.jpg

हुम्ला । कर्णाली प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त हुँदै छन् ।

प्रदेश प्रमुखको कार्यालयले मङ्गलवारै शाहीको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ८ बजे तोकिएको प्रदेश प्रमुखको कार्यालयका एक अधिकारीले बताए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ : ३० बजे राजीनामा दिएका थिए । 

प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समय सीमा दिए अनुसार मङ्गलवार ८ बजे भित्र शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरि शपथ ग्रहणको कार्यक्रम रहेको नेता शाहीको निजी सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ