arrow

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस

logo
जनक बहादुर शाही,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
jiwanbahadur-shahi-2.jpeg

हुम्ला ।  कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि काँग्रेस संसदीय दलका नेता जीवबहादुर शाहीले दाबी पेस गरेका छन् । 

२१ जना सांसदको समर्थनसहित मङ्गलवार शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग दाबी पेस गरेका नेता शाहीले आजै शपथ लिने कार्यक्रम रहेको छ । उनलाई  नेपाली काँग्रेसका ६, माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदहरुले समर्थन गरेका छन्।

सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कलौनीले आज साँझ ७:३० बजेभित्र बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए।

४० सदस्यीय प्रदेशसभामा हाल ३५ सदस्यीयमा झरेको छ। ३५ मध्ये १८ जना सांसदको समर्थन भए सरकार गठनका लागि बहुमत पुग्छ। यही कारण काँग्रेस संसदीय दलका नेता शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ। 

आज साँझ नै  कर्णाली प्रदेशको मुख्यमन्त्रीका रूपमा  शाहीको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम मङ्गलवार साँझ ८ बजे  शपथ ग्रहणको कार्यक्रम रहेको नेता शाहीको निजी सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ