arrow

कास्कीको तातोपानीबाट १५ लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
juwa-ko-khal.jpg.jpeg

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ स्थित तातोपानीबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १५ लाख भन्दा बढी रुपैयाँ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार गए राति २ बजे उनीहरू जुवाकै खालबाट पक्राउ परेका हुन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र बयान लिने क्रम जारी रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ