arrow

बिहीबार बिहान नरक चतुर्दशीः नरके फाले नरकको दर्शन गर्न नपर्ने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
tihar.JPG
तस्वीर–फाइल ।

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व बिहीबार मनाइँदैछ । स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि बिहीबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् ।

यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामले समेत यो पर्व चिनिने गरेको छ । यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

यसै कारण यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकअर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन बुधबार र नरक चतुर्दशी तेस्रो दिन बिहीबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । 

यस वर्ष कात्तिक १६ गते मङ्गलबारदेखि यमपञ्चकअर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन बुधबार काग र कुकुर तिहार पर्व मनाइएको थियो । यो नेपालीको दोस्रो ठूलो चाड हो ।
 
बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले बिहीबार बिहान यो पर्व मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ