- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली मुलका रामचन्द्र श्रेष्ठ अमेरिकाको कनेटिकट राज्यको ब्रान्फोड क्षेत्र नं ४ को आरटिएम पदमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठ डेमोक्रेटिक पार्टीकातर्फबाट विजयी भएका थिए ।
सिन्धुपाल्चोक चौताराका श्रेष्ठ २५ वर्षअघि क्यानाडा हुँदै अमेरिका पुगेका थिए । रेष्टुरेष्ट व्यवसायमा आबद्ध श्रेष्ठ परिवारका साथ ब्रान्फोर्ड बस्दै आएका छन् । चार वर्षअघिबाट डेमोक्रेटिक पार्टीमा सक्रिय रहेका श्रेष्ठले आफ्नो जितलाई नेपाली मुलका सबैको जित भएको बताएका छन् ।
भुगोल र संख्याका आधारमा ६ सिट रहेको सहरमा आफू सदस्यका रुपमा निर्वाचित भएको जानकारी दिए । ५३ वर्षिय श्रेष्ठले आफ्नो कार्यकालमा सहरलाई अझै विकसित कसरी बनाउने, कर प्रणालीमा सुधार गर्ने विद्यालयको प्रणालीलाई सुधार गर्ने विषयमा केन्द्रित हुने बताएका छन् ।