- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)पास गर्न पत्र पठाइसकिएको भनी दिएको अभिब्यक्तिप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् ।
स्कटल्यान्डको ग्लास्गोमा जारी कोप-२६ मा सहभागिता जनाएर नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले एमसीसी पास गर्ने भनी पत्र पठाइसकेको अभिव्यक्ति दिएका थिए । एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा सोही पत्रकार सम्मेलनमा गरेका थिए ।
उक्त अभिव्यक्तिप्रति नेता रावलले कडा शब्दमा आपत्ति जनाएका हुन् । उनले सामाजिक संजालमा भनेका छन्, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’
‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’रावलले लेखेका छन् ।