arrow

सहिद स्मारक ‘ए’ डिभिजन लिग पोखरामा पनि खेलाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
Pokhara Studiam.jpg

पोखरा । यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग पोखरामा पनि खेलाइने भएको छ । नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका चौथो चरणका खेलहरु पोखरा रंगशालाको फुटवल मैदानमा खेलाइने बताइन्छ । 

एन्फाका अनुसार लिगका खेलहरु दशरथ रंगशाला, पोखरा रंगशाखा, एन्फा टेक्निकल सेन्टर, च्यासल मैदानमा हुनेछ । सुरुआती दुई चरणका तालिका मात्र सार्वजनिक भएकोमध्येमा दशरथ रंगशालाका अलावा एन्फा टेक्निकल सेन्टर तोकिएको छ ।

एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच आयोजना हुनेछ । उक्त खेल दिनको १२ बजे हुनेछ । 

कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रिपूर्ण खेल खेलेका छन् । जुन प्रिसिजन अघिको अभ्यास खेलको रुपमा ब्याख्या गरिएको छ । 

तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।

पोखरा रंगशालालाई मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ । सोही बमोजिम  तालिका बनाउनु पर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको बताइएको छ ।  

लिग कात्तिक २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन हुँदैछ । पहिलो खेल यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स बीच प्रतिस्पर्धा दशरथ रंगशालामा हुनेछ । 

उद्घाटन खेल ‘फ्लड लाइट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

कोरोनाका कारण सीमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ । 

फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।



नयाँ