arrow

मनकारी मुगाली जसले घाइतेको उपचारका लागि देउसी भैलो खेले

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
shayogs.JPG

मुगु । तिहार आयो, गयो सदा झैँ धेरैले तिहारमा देउसी भैलो खेले तिहार सकियो देशभर देउसी टोलीहरू देउसीबाट प्राप्त दक्षिणाबाट भोज, मोज, रमाइलो गरिरहेका छन् ।  तर देश कै सुदूरमा रहेको मुगु जिल्लाका केही समाजसेवी, युवाहरूले देउसी र भैलो त खेले तर रमाइलोको लागि नभै घाइते र असहायहरूका लागि । 

मुगु जिल्ला घर भई हाल वाके जिल्लाको कोहलपुर,नेपालगन्ज र राझा एयरपोर्ट क्षेत्रमा बस्दै आएका मुगालीहरुले गत १८ गतेबाट २० गते साँझसम्म देउसी भैलो खेले,देउडा गीतमा खेलिएको देउसीबाट दक्षिणा राम्रै जुटाए । 

असोज २६ गते नेपालगन्जबाट मुगु तर्फ जाँदै गरेको बस मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न ७ तपने खोलामा दुर्घटना हुँदा २४ जनाले घटना स्थल मै ४ जनाले रारा एयरपोर्टमा र ५ जनाले नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रम मै ज्यान गुमाए भने १२ जना घाइते भए । 

ज्यान गुमाएकाहरूको परिवारलाई स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले तत्कालै मृत्यु कर्म खर्च भनी प्रति व्यक्ती ५० हजारका दरले राहत दियो प्रदेश सरकार र सङ्घीयता सरकारले प्रति व्यक्ती १ लाखका दरले र घाइतेको उपचार निःशुल्क गर्ने घोषणा गरे । 

घाइतेहरूको उपचार खर्च राज्यले व्यहोर्ने घोषणा गरिए पनि भुक्तानी प्रक्रिया उपचार भैसकेपछी विल भर्पाई पेस पछि मात्र भुक्तानी हुने भएकाले छायानाथ रारा यातायात प्रालिले तोकेको मेडिकलमा नपाइने औषधि, बिरामी, कुतुवा खाना र बिरामी पौष्टिक आहारमा आर्थिक अभाव भई उपचारमा समस्या भएकोले आर्थिक सङ्कलनका लागि देउसी खेल्ने निर्णय गरेको देउसीका अगुवा कृष्णबहादुर सेजुवालले बताए । 

उनले भने घाइतेहरूलाई आर्थिक समस्या परेको बारे छलफल गर्दा छलफलमा सहभागी महेश कुमार रावल,शान्तिमान शाही,नवराज चौलागाइ, ऐन बहादुर हमाल,हंस रावल र नृपेन्द्र मल्लको सल्लाहमा घाइतेहरूको उपचार तथा अन्य खर्चमा सामान्य मलम लगाउन देउसी भैलो खेल्ने निर्णय गरिएको थियो ।

३ दिन सम्म नेपालगन्ज,राझा र कोहलपुरमा मुगाली टोलीले देउसी खेल्यो देउसीमा छायानाथ रारा नगरपालिका मुगुका प्रमुख हरि जङ्ग शाही,जय बहादुर हितान, प्रेम रोकाया, हरि रावल, धर्मेन्द्र हितान, रामराज मल्ल, हरि रावल, मकर रावल, देवेन्द्र रावल, डिल बहादुर धामी, हरि बहादुर शाही, जुवारीलाई चौलागाइ, मैना मल्ल, दिपशिका शाही, सुकुमा मल्ल, सृजना भुसाल, देवकी रावल, निकिता शाही र रामदेवी खडकाहरुको सहभागिताले दक्षिणा प्राप्तिमा ठुलो सहयोग गर्‍यो ।

देउसी टोलीले १ लाख ६६ हजार ३५ रुपैयाँ दक्षिणा जुटायो यो रकम मध्य ३० हजार ९० रुपैयाँ खाना,पानी,यातायात,डिजे मा खर्च भयो बाकी रहेको १ लाख ३५ हजार ९ सय ४५ रुपैयाँ कोहलपुर मेडिकल कलेजमा उपचारार्थ १२ जना घाइते र २ जना असाहयहरुलाई २१ गते वितरण गरेको अर्का अगुवा नवराज चौलागाईंले बताए ।

उपचार गराइ रहेका घाइते १२ जना र १ असहायलाई प्रति व्यक्ती १० हजारका दरले र अर्का एक असहायलाई ६ हजार नगदै कोहलपुर मेडिकलको प्राङ्गणमा घाइतेका एकाघरका परिवार र घाइते स्वमलाई हस्तान्तरण गरिएको थियो ।

तिहारको बेला घर परिवार,दिदी बहिनी नभनी ३ दिनसम्म हाम्रा लागि घाम,प्यास नभनी देउसी खेली आर्थिक जुटाइ दिई सहयोग गरेकोमा देउसी टोली र अगुवाहरूलाई हात जोडेर धन्यवाद दिए । दुर्घटनामा परि रावल र छोरा घाइते भए भने श्रीमतीले सदाका लागि बिदा भइन ।

बस दुर्घटना ३ परिवार घाइते भई हाल हाल उपचाररत हस्त सावतले आँखाबाट आँसु झार्दै खाना,पानी र अन्य औषधि किन्न पैसा नभएर १ छाक मात्र खाना खाने गरेको,पैसा नै नहुँदा उपचार ढिलो हुने गरेको बताए । सरकारले दिने भन्यो अहिले औषधि गर्ने पैसा छैन मरेपछि विल पेस गर्ने उनले भने यस्तो बेला हाम्रा लागी यस्तो सहयोग गरेकोमा आफूहरूका लागि देउसी भैलो टोली भगवान्‌ले भनेर आएको आफूलाई महसुस भएको छ ।

युवा समाजसेवी तथा विद्यार्थी नेता हंस रावल भन्छन् यस्ता मनकारी अगुवा आजसम्म आफूले भेटाएको छैन जो अरूको लागी जस्तो सुकै सहयोग गर्न तयार हुन्छन् र अरूलाई खुशी पार्न आफ्नो व्यक्तिगत खर्च गर्छन् । यस्ता गुण भएकासँग सधैँ सङ्गत सहकार्य गर्न पाउ उनी भगवान्सँग कामना गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ