arrow

समाजवादी प्रेस संगठन कास्कीमा गणेश बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
Ganesh Baral.jpg

पोखरा । समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको सहसंयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन् । सचिवमा भीमबहादुर थापा, सहसचिवमा बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका छन् ।

समितिको सदस्यहरुमा क्रमश: उमा विक, रोशन अधिकारी, कपिल पौडेल समिक्षा केसी र खालिदा बेगम चयन भएका छन् ।

नवनिर्वाचित संयोजक गणेश बरालले समाजवादी प्रेस संगठनमा क्रियाशील पत्रकारको आकर्षण रहेको भन्दै पत्रकारको क्षमता विस्तार गर्ने र पहिलो संगठनको रुपमा कास्कीमा संगठनलाई स्थापित गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ