arrow

सूर्यबहादुर केसीको अर्धकद शालीक निर्माण, धर्मपत्नी प्रेमकुमारीद्वारा अनावरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
Surya bahadur kc.jpg

पोखरा । माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष सूर्यबहादुर केसीको अर्धकदको शालीक स्थापना गरिएको छ । 

पोखराको नयाँबजारस्थित माछापुच्छ्रे बैंकको कार्यालय परिसरमा केसीको शालीक स्थापना गरिएको हो ।

उक्त शालीकको एक समारोह बीच केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले अनावरण गरिन् ।

शालीक काठमाडौंका कलाकार एवम् मूर्तिकार विकल प्रजापतिले बनाएका हुन् ।

२२ वर्ष अघि आफू संस्थापक अध्यक्ष रहेर पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भनेर स्व केसीले माछापुच्छ्रे बैंक स्थापना गरेका थिए ।

उक्त अवसरमा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापाले केसीको दूर दृिष्टकोणले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेतृत्व गरेको बताए । 

बैंकका संचालक हरिभक्त सिग्देल (महेश) ले केसी भौतिक रुपमा हामी माझ नभए पनि सूर्यको प्रकाश जस्तै उहाँका विचारहरु संसारमा फैलिएको बताए । 

स्व. केसीका छोरा प्रकाश केसीले आफ्ना पिताजीको सोंच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गरे । 

माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र महत्तो, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, बैंकका संचालक किरण केसी, रोशन केसी, निर्देशक जय मुकुन्द खनाल लगायतले केसीको शालीकमा पुष्प गुच्छा अर्पण गरेका थिए । 

बैंकर, उद्योगपति, समाजसेवी र राजनीतिज्ञका रुपमा परिचित केसीको २०७७ कात्तिक १८ गते निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ