arrow

राप्रपा नेपाल गण्डकीको अधिवेशन तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
Hemjung Gurung.jpg

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल गण्डकी प्रदेश कार्यसमितिको प्रथम अधिवेशनको तयारी पूरा भएको छ। यही कात्तिक २८ गते पोखरामा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। नयाँ नेतृत्वसमेत चयन हुने भएकाले यो अधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ। अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका करिब ४०३ जना प्रतिनिधि सहभागी हुने अध्यक्ष हेमजंग गुरुङले जानकारी दिए।

अधिवेशनमा ११ जिल्लाका जिल्ला अध्यक्षसहित आठ/आठ जना, १८ वटा क्षेत्रबाट क्षेत्रीय अध्यक्षसहित ६/६ जना, प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्षसहित पाँच/पाँच जना र नगर कार्यसमितिका अध्यक्ष पनि सहभागी हुनेछन्।

कार्यक्रमको उद्घाटन राप्रपा नेपालका वरिष्ठ नेता एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङले गर्ने कार्यक्रम छ। सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू पनि सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए। अधिवेशन सम्पन्न गर्न २५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न सात वटा विभिन्न उपसमिति बनाइएको छ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न प्रदेश सचिव वरुण विक्रम राणाको संयोजकत्वमा अधिवक्ता तीर्थराज सुवेदी, भोलाजंग सुवेदी, हरि प्रसाद बराल र पर्वत माला केसी सदस्य रहेको पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएको छ। शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टीले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाएको हो।  पत्रकार सम्मेलन मिडिया नेपालका संयोजक एवं पार्टीका प्रचार विभाग प्रमुख सूर्य बास्तोलाको अध्यक्षतामा भएको थियो।

राप्रपा नेपालको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा हुँदै छ। प्रदेश अधिवेशन भने कात्तिक २८ गते सात वटै प्रदेशमा हुँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ