arrow

पोखराबाट आठ जना बन्दकर्ता पक्राउ, ६३५ जना प्रहरी परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
Pokhara.jpg

पोखरा । कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ लगायत छन् । उनीहरुलाई कास्की प्रहरी मातहतका विभिन्न कार्यालयमा राखिएको छ । 

बन्दमा अप्रिय घटना हुन नदिन कास्की प्रहरीले ६३५ जना प्रहरी परिचालन गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पेट्रोलियम पदार्थ तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो । 

नेपाल बन्दका कारण पोखरा सुनसान छ । पोखरामा अत्यावश्यक बाहेक कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने शैक्षिक संस्था, बजार सबै ठप्प छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ