arrow

अग्नी पीडितलाई राहत प्याकेजसहित मुगु पुगे मुख्यमन्त्री शाही

logo
जनक  शाही
प्रकाशित २०७८ मंसिर १ बुधबार
mugu-rahat.jpg

हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्नी पीडितलाई राहत प्याकेज सहित मुगु सदरमुकाम गमगढी पुगेका छन् । अग्नी पीडितका लागि त्रिपाल, कम्बल र खाद्यन्न सामग्रीहरु लिएर मुख्यमन्त्री शाहीको टोली बुधबार मुगु सदरमुकाम गमगढी पुगेको हो ।

मुख्यमन्त्री शाहीको नेतृत्वमा नव नियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य र सांसद झोवा विकको टोली अग्नी पीडितलाई राहत सामाग्री लिएर मुगु पुगेको हो ।

मुख्यमन्त्री शाहीले गमगढी पुगेर अग्नी पीडितहरूको क्षतिको अवस्था बुझ्ने र तत्काल लागि लिइएको राहत सामग्री हस्तारण गर्ने कार्यतालिका छ । मुख्यमन्त्री शाहीले तत्काल आवश्यक पर्न सामग्री सहयोग गर्ने र स्थलगत निरीक्षणपछि अग्नि पीडितका लागि थप सहयोग प्रदान गरिने बताएका छन् । मंगलबार विहान मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा १७ घर र तीन घुम्ती पसल जलेका थिए । भने आगो नियन्त्रणका लागि एक घर भत्काईएकाले आगलागीबाट २१ घर नष्ट भएका छन ।

राहत सामाग्री लिएर मंगलबार नै मुख्यमन्त्रीको मुगु जाने कार्य तालिका भए पनि नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट खाद्यन्न, लत्ताकपडा, भाँडा, टेन्टलगायतका तत्कालीन राहत सामग्री लिएर दिउँसो ३ः३० बजे मात्र सुर्खेत पुगेकाले मुगु पुगेर फिर्ता हुन नसकिने हुँदा कार्यक्रम बुधबारलाई सरेको मुख्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको आगलागीबाट घरबारबिहीन भएकालाई तत्कालका लागि छिमेकीका घर र आफन्तकोमा राखिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोम महतले बताएका छन् । आगलागीबाट  २१ घरसहित करोडौंको क्षति भएको भए पनि मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी महतले बताए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ