सरकारले आउँदो माघ १२ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
637
Shares
काठमाडौं । सरकारले आउँदो माघ १२ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने भएको छ । विहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय सभाको मिति तोक्न निर्वाचन आयोगको आग्रहपछि मनोनित एकसहित २० जना राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्न लागेको हो ।
राष्ट्रियसभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदैछ । पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
एक साताअघि आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माघ १० गते अगावै निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेका थिए ।
चार वर्षे पदावधि पूरा गर्न लागेका सदस्यमा जीवन बुढा, रामनारायण बिडारी, चक्रप्रसाद स्नेही, दृगनारायण पाण्डेय, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमनराज प्याकुरेल, दिनानाथ शर्मा रहेका छन् ।