arrow

गृहमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच के के भयो कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
khad-li.JPG

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रवार शिष्टाचार भेटघाट भएको छ । 

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ । 

भेटमा कोभिड-१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए। त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका थिए। 

भेटमा गृहमन्त्री खाँणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए । उनले अमेरिकी सरकारले कोभिडपश्चात् अर्थतन्त्रको पुन उत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाँणले यो भ्रमणले नेपाल र अमेरिकाबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ